काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि वस्तुगततर्फ नरेशलाल श्रेष्ठ र एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ प्यानलले उम्मेदवारी दर्ता गराएको छ ।
महासङ्घको केन्द्रीय कार्यालय टेकु, काठमाडौँमा पुगेर बिहीवार नरेशलाल र ज्योत्सना समूहले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् ।
महासङ्घको यही चैत २९ र ३० गते हुने साधारण सभा तथा निर्वाचनका लागि ज्योत्सनाको टिमबाट कार्यकारिणी सदस्यमा १६ जनाले उम्मेदवारी दर्ता गएका छन् ।
उपाध्यक्ष उम्मेदवार श्रेष्ठको समूहबाट सदस्यहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा छन् ।
यस्तै भरत रानाभाट, देशबन्दु बस्नेत, गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, रामशरण थपलिया, राजकुमार तिमलसिना, सोभा ज्ञवाली, सन्दिप मखानी (अग्रवाल) , शैलेन्द्र गुरागाई र सुनिलनारायण श्रेष्ठले पनि केन्द्रीय कार्यकारिणी समिति सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा प्रस्तावित हेमराज ढकाल समूहकी हुन् ।
यस्तै वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गराएको छ ।
वस्तुगततर्फका उपाध्यक्ष नरेशलालको समुहबाट सदस्यहरूमा कमला श्रेष्ठ, भक्तबहादूर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरीबहादुर कार्की छन् ।
यस्तै राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदुर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारीको पनि उम्मेदवारी दर्ता भएको छ ।
महासंघकोतर्फबाट प्रतिनिधित्व गर्दै सदस्यहरूमा सुनैना घिमिरे पाण्डे र सुधिर पराजुलीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्