काठमाडौँ । इरानसँगको युद्धमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको छ ।
अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले इरान युद्धका क्रममा १३ सैनिकको मृत्यु भएको पुष्टि गरेको हो ।
पेन्टागनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अमेरिका–इजरायल र इरानबिच युद्ध भएपछि १३ सैनिक मारिएका छन् भने ३६५ अमेरिकी सैनिक घाइने भएका छन् ।
घाइते हुनेमा आर्मीतर्फ २४७, नेवीतर्फ ६३, मरिनतर्फ १९ र एयर फोर्सतर्फ ३६ जना रहको बिबिसीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्