अन्तर्राष्ट्रिय कोडिङमा नेपाली विद्यार्थीको विश्वव्यापी सफलतास्, अंशु बने विश्व प्रथम


काठमाडौँ ।

अन्तर्राष्ट्रिय कोडिङ प्रतिस्पर्धामा नेपाली विद्यार्थीले ऐतिहासिक सफलता हात पारेका छन्। इन्टरनेशनल डिस्कभरी एजुकेशन कोडिङ च्यालेन्ज २०२४–२०२५ मा नेपालका अंशु कृष्ण रिजालले विश्वमै पहिलो स्थान हासिल गरेका हुन्।

शनिबार बानेश्वरस्थित अल्फा बिटामा आयोजित कार्यक्रममा दूरशिक्षा एजुकेशन नेटवर्कले विजेतालाई पुरस्कृत गरेको छ। डिस्कभरी एजुकेशन र एड्युटेकसँगको सहकार्यमा सम्पन्न यो च्यालेन्जमा नेपाली विद्यार्थीले विश्वस्तरमै आफ्नो प्राविधिक क्षमता प्रमाणित गरेका छन्।

पाइथन प्रोग्रामिङ विधामा अंशु कृष्ण रिजाल विश्व प्रथम घोषित भए। सिनियर ब्लक कोडिङमा श्रेयस खड्गी र जुनियर ब्लक कोडिङमा विनायक पाङ्गेनीले विश्वव्यापी रूपमा दोस्रो स्थान प्राप्त गरे। यी विद्यार्थीले जटिल लजिक र कम्प्युटेशनल सोचमा विश्वका अन्य प्रतिस्पर्धीलाई उछिनेका हुन्।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले यस्ता दक्ष जनशक्ति देशको आर्थिक र औद्योगिक विकासका लागि महत्वपूर्ण हुने बताइन्। उनले आगामी दिनमा दक्ष जनशक्ति उत्पादन र उद्यमशीलता प्रवद्र्धनका लागि दूरशिक्षासँग सहकार्य गर्ने इच्छा समेत व्यक्त गरिन्।

दूरशिक्षाका सीईओ कृष्णप्रसाद पाण्डेले नेपाली विद्यार्थीलाई विश्वस्तरको ुएक्स्पोजरु प्रदान गर्न आफूहरू सफल भएको दाबी गरे। उनले भने, ूयो कोडिङ प्रतिस्पर्धा एउटा सुरुवात मात्र हो, अब हामी अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई अझ सुदृढ बनाएर लैजान्छौं।ू

क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले बाल्यकालको कोडिङ रुचि मात्र नभई नेपालको बलियो प्रविधि इकोसिस्टमको जग भएको कुरामा जोड दिए। टेक उद्यमी जयन्ती माला चपागाईं र सीएसआरआई नेपालका प्रतिनिधिले पनि कोडिङले विद्यार्थीमा समस्या समाधान गर्ने विशेष क्षमता विकास गर्ने र सुरक्षित ुडिजिटल नेपालु निर्माणमा सहयोग पुग्ने बताए।