काठमाडौँ । कर्णाली प्रदेशको डोल्पा जिल्लामा अवस्थित प्रसिद्ध से–फोक्सुन्डो ताल मा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन उल्लेखनीय रूपमा बढ्न थालेको छ। प्राकृतिक सौन्दर्य, नीलो पानी र वरपरका हिमाली दृश्यका कारण यो ताल नेपालकै आकर्षक गन्तव्यहरूमध्ये एक मानिन्छ।
ताल से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज भित्र पर्ने भएकाले जैविक विविधता संरक्षणका दृष्टिले पनि महत्त्वपूर्ण छ। पछिल्लो समय सडक पहुँचमा आंशिक सुधार र सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार बढेसँगै पर्यटकको संख्या वृद्धि हुँदै गएको छ । विशेषगरी वसन्त र शरद ऋतुमा यहाँ आउने पर्यटकहरू बढिरहेका छन्।
तस्विर : लोकमणि पोखरेल







प्रतिक्रिया दिनुहोस्