काठमाडौँ । इरानले अमेरिकाका दुइओटा जहाज र दुइओटा ब्ल्याक हक हेलिकप्टर खसालेको दाबी गरेको छ ।
इरानी सेनाले अमेरिकाको दुइओटा सि‑१३० विमान र दुई वटा ब्ल्याक हक हेलिकप्टर खसालेको दाबी गरेको अलजजिराले जनाएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार इरानले खसालेको एफ‑१५ विमानका चालक दलका एक सदस्यलाई उद्दार गर्न गरिएको अमेरिकी अभियानका क्रममा जहाज र हेलिकप्टर ध्वस्त भएका हुन् ।
आइआरजिसीका एक प्रवक्ताले दक्षिणी इस्फहान क्षेत्रमा इरानी सेनाले दुईओटा सि‑१३० सैन्य विमान तथा दुईओटा अमेरिकी ब्ल्याक हक हेलिकप्टर ध्वस्त भएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्