काठमाडौँ । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन् ।
सम्पत्ति शुद्धीकरण विभागले बयानको काम सकिएपछि अग्रवाललाई आज छोडेको जनाएको छ ।
विभागका महानिर्देशक ठाकुरले अग्रवाललाई छोडेको पुष्टि गरेका छन् । तीन दिनअघि सम्पत्ति शुद्धिकरणको अनुसन्धानको क्रममा अग्रवाललाई प्रहरीले पक्राउ गरेको थियो ।
शंकर ग्रुपले नेपालमा स्टिल, सिमेन्ट, जलविद्युत्लगायतका क्षेत्रमा लगानी गरेको छ । वार्षिक एक खर्बभन्दा बढीको कारोबार गर्ने यो समूहका सञ्चालक सुलभ अग्रवाललाई पनि पक्राउ गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्