काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई अदालतले ५ दिन म्याद थप गरेको छ ।
जिल्ला अदालत काठमाडौंले आज उनीविरुद्ध ५ दिन म्याद थप गरेको हो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अग्रवालमाथि अनुसन्धान भइरहेको छ ।
शंकर ग्रुपका अध्यक्ष तथा शुलभका बुवा शंकरलाल अग्रवाल शुक्रबार पक्राउ परेका थिए ।
उनलाई बयान सकेर आज रिहा गरिएको छ । शुलभ शंकर ग्रुपका उपाध्यक्ष र जगदम्बा होल्डिङ्सका अध्यक्ष हुन् ।


प्रतिक्रिया दिनुहोस्