काठमाडौँ । काव्य स्कुलका ३५ भन्दा बढी शिक्षकहरू गुगल सर्टिफाइड एजुकेटर भएका छन् । हालै सम्पन्न तलिमपछि काव्य स्कुलका शिक्षकहरू गुगल सर्टिफाइड भएका हुन् ।
उनीहरूलाई ‘डिजिटल एन्ड वियोन्ड’ का सह–संस्थापक सगुन ढुङ्गानाले प्रशिक्षण दिएका हुन् । प्रशिक्षक ढुङ्गानाका अनुसार अहिले शिक्षकहरूले लेभल १ (प्रारम्भिक) र लेभल २ (एड्भान्स) को तालिम पाएका छन् ।
तालिम पश्चात शिक्षकहरू गुगलका विभिन्न टुल्सहरू प्रयोग गरेर शिक्षण र सिकाइलाई व्यवस्थित बनाउन सक्षम भएका छन् । शिक्षकले चाहेको खण्डमा सर्टिफाइड ट्रेनर/इनोभेटर समेत हुन सक्नेछन् ।
“अहिले हरेक विद्यार्थीहरूसँग हातहातमा स्मार्ट डिभाइसहरू छन् । एआईको प्रयोग पनि उहि गतिमा भइरहेको छ,” प्रशिक्षक ढुङ्गानाले भने,“त्यस्तोमा यो तालिमले शिक्षकहरूलाई कक्षाकोठामा सिकाइलाई प्रविधिमैत्री बनाउन सहयोग गर्छ ।”
उनका अनुसार अहिलेसम्म नेपालमा जम्मा ४ विद्यालयहरूले मात्र यो कुरालाई अभिलम्बन गर्न सकेका छन् । स्कुलका प्रिन्सिपल नवराज बास्कोटाका अनुसार यो कोर्स बाहिर विदेशमा भएको सशुल्क हुने थियो ।
शिक्षण सम्बन्धीका विभिन्न टुल्सहरूको जानकारी शिक्षकहरूलाई हुने भएकाले कक्षाकोठा प्रविधिमैत्री हुने र यसले विद्यार्थीको पढाइलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास व्यक्त गरे । तालिममा सहभागि शिक्षकहरूले अब कक्षाकोठामा पठनपाठन गर्न सहज हुने पनि बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्