प्रधानमन्त्रीलाई एमाले सांसद हमालको प्रश्नः समानुपातिक सांसदहरुमाथि किन विभेद ?


काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद टुकाभद्र हमाल प्रधानमन्त्री बालेन्द्र साहले समानुपातिक सांसदहरुलाई भेट नदिएकोमा आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री साहले प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाका सांसदहरुसँगको भेटलाई तिब्रता दिइरहेका बेला उनले समानुपातिक सांसदहरुलाई भने किन सो अवसरबाट वञ्चित गराएको ? भनि प्रश्न समेत गरे ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद हमालले विकास, निर्माणको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने अवसर नदिएर प्रधानमन्त्री शाहले सांसदहरुबीचमा नै विभेद गरेको जिकिर गरे ।

उनले भने, ,‘प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदहरुमाथि किन विभेद रु सम्माननीय प्रधानमन्त्रीज्युबाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित माननीय सदस्यज्यूहरुलाई भेट दिई विकास, निर्माणको विषयमा कुरा राख्ने अवसर दिनु भएको भन्ने कुरा सुन्नमा आएको छ । तर समानुपातिकि निर्वाचन प्रणालीबाट निर्वाचित माननीय सदस्यज्युहरु उक्त अवसरबाट किन वञ्चित ?’

सांसद हमालले सरकारले विकास निर्माणको सवाल हुने छलफलको विषयलाई समेत रोजाईको विषय बनाउने काम गर्न नहुने बताए।