प्रधानमन्त्री बालेन्द्र शाह र विदेशी राजदुतबिच भेटवार्ता


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदुतहरुसँग छलफल गरेका छन् । शाह नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदुतहरुसँग सामुहिक छलफल गरेका हुन् ।

मध्याह्न सिंहदरबारमा परराष्ट्रमन्त्री शिशिर खनालसहित राजदुतहरुसँग प्रधानमन्त्री शाहले छलफल गरेको प्रधानमन्त्रीको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भेटमा देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गरिएको छ ।

छलफलमा सहभागी राजदूतहरुले नेपालको नयाँ सरकारको कार्यदिशा र प्राथमिकताका बारेमा चासो राखेका थिए । प्रधानमन्त्री शाहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।