काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभा तथा चुनाव रोकिएको छ । यहि चैत २९ र ३० गते हुन लागेको ६० औं बार्षिक साधारणसभा तथा निर्वाचन रोकिएको हो ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको रिटमा आज उच्च अदालत पाटनका न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको इजलासले सभा तथा निर्वाचन नगर्न अन्तरिम आदेश दिएको छ ।
महासंघले २०८१ चैत २८ गते भएको एफएनसिसिआईको ५९ औं वार्षिक साधारण सभामा सदस्यको हैसियतलले उपस्थित भएको र अहिले समावेश नगरी एवम् सदस्यता सम्बन्धी निर्णय नगरी साधारण सभा गर्न लागेको भन्दै अन्तरिम आदेश माग गर्दै रिट दायर गरेको थियो ।
चैत्र २२ गते नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको कार्यकारणी समिति, महासंघको सदस्यता समिति र महासंघको निर्वाचन समितिलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर भएको थियो ।


प्रतिक्रिया दिनुहोस्