बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ हजार २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ९४ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ९६ हजार ९०० रूपैयाँ कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ८५ रूपैयाँले बढेर ४ हजार ९६० रूपैयाँ कायम भएको छ ।