काठमाडौँ । अमेरिका र इरानका अधिकारीहरूले युद्ध अन्त्यका लागि औपचारिक वार्ता सुरु गरेका छन् ।
पाकिस्तानी मध्यस्थकर्तामार्फत पाकिस्तानको राजधानी इस्लामाबादमा वार्ता सुरु गरेका बिबिसीले जनाएको छ ।
वार्ताअघि दुवै देशका प्रतिनिधिहरूले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग भेट गरेका थिए ।
वार्ताका विवरणहरू भने हालसम्म सार्वजनिक गरिएको छैन । वार्ता अघि बढिरहेका बेला, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा गरिएको एक पोस्टमा इरान यो द्वन्द्वमा ठुलो क्षतिमा रहेको बताएका छन् ।
शान्ति योजनाहरू सञ्चारमाध्यममार्फत सार्वजनिक भएका छन् तर कुनै पनि आधिकारिक बुँदाहरू औपचारिक रूपमा जारी गरिएको छैन ।
इरानी सरकारी टेलिभिजनले तेहरानका सर्तहरू पूरा नभए वार्ता रद्द हुनसक्ने चेतावनी दिएको छ ।
इरानी प्रतिनिधिमण्डलका प्रमुख मोहम्मद बाघेर घालिबाफले आफ्ना वार्ताकारहरूको राम्रो निय रहेको तर अमेरिकाप्रति विश्वास नभएको बताएका छन्।
यसअघि अमेरिकी वार्ता टोलीको नेतृत्व गरिरहेका उपराष्ट्रपति जेडी भान्सले इरानले खेलाउने प्रयास गरे अमेरिका सकारात्मक नहुने चेतावनी दिएका थिए ।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि वाशिङ्टन र तेहरानबिच भएको यो पहिलो प्रत्यक्ष वार्ता समेत हो ।


प्रतिक्रिया दिनुहोस्