उपत्यकाका चाेकचाेकमा निःशुल्क मही सेवन गराएर मनाइयाे दाेस्राे मही दिवस  (फाेटाे फिचर)


काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजनामा देशभर ‘दोस्रो राष्ट्रिय मोही दिवस–२०८२’ विविध कार्यक्रम गरी मनाइएको छ ।
दिवसको अवसरमा सातदोबाटोस्थित महानगरीय ट्राफिक कार्यालय, उपत्यकाका चाेकचाेकमा र सार्वजनिक स्थलहरूमा निःशुल्क मही सेवन गराएर करिब ५ हजार लिटर मोही निःशुल्क वितरण गरिएको छ । नेपाल डेरी एसोसिएसनले मोहीको विश्वास, स्वास्थ्यको विकास, घरघरमा फैलाऔं अभियानको प्रयास’ भन्ने नाराका साथ सातै प्रदेशमा विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू सम्पन्न भएको छ।