प्रधानमन्त्री शाहको बैंक ब्यालेन्स १ करोड ४६ लाख, श्रीमतीसँग १ सय ९० तोला सुन


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सम्पति सार्वजनिक गरेका छन् ।

मन्त्रिपरिषदका सदस्यहरूसँगै प्रधानमन्त्री शाहले पनि सम्पत्ति सार्वजनिक गरेका हुन् । प्रधामन्त्री शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् ।

उनले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाल भनेका छन् ।

सम्पत्ति विवरणमा आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं वडा नंम्बर ९ मा ५ आना जग्गा, धनुषामा १ दशमवल २ विघा जग्गा रहेको उल्लेख छ ।

त्यस्तै बुवा रामनायण शाहको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको प्रधानमन्त्रीले सम्पति विवरणमा उल्लेख गरेका छन् । यस्तै शाहले श्रीमती सवितासँग १ सय ९० तोला सुन रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूकाे सम्पत्ति विवरण हेर्नुहाेस्