काठमाडौँ । भारतको उत्तर प्रदेशका पूर्व डिजिपी डा. विक्रम सिंहले भारतीय नक्कली नोटको कारोबारमा नेपालको हिमालयन बैंक पनि संलग्न रहेको गम्भीर आरोप लगाएका छन् ।
आरजे रौनकसँगको युट्यु्ब पोडकास्टमा भारतको उत्तर प्रदेश र नेपाल बोर्डरमा हिमालयन बैंकले शाखा मार्फत चार नक्कली र एक सक्कली नोट राखेर कारोबार हुने गरेको उनको आरोप छ ।
उनका अनुसार, पाकिस्तानबाट नक्कली नोटहरू नेपाल हुँदै भारत भित्र्याउने काममा अतीक अहमदले ‘सुरक्षा छाता’ र ‘लजिस्टिक सप्लायर’को रूपमा काम गर्ने गर्थे।
उनले पोडकास्टमा पाकिस्तानको हबीब बैंकको साझेदारीमा खुलेको हिमालयन बैंक यही नक्कली कारोबारकै लागि खुलेको आरोप लगाए । सिंहले बैंकको स्थापना व्यापारिक उद्देश्यका लागि नभई भारत-नेपाल सीमामा शाखाहरू खोलेर नक्कली नोट वितरण गर्नका लागि गरिएको आरोप लगाएका छन् ।
सिंहका अनुसार उत्तर प्रदेश र नेपालबिचको ७७१ किलोमिटर लामो सीमा नक्कली नोट तस्करीको लागि सबैभन्दा बढी प्रयोग गरिन्थ्यो। उत्तर प्रदेशका सातवटा मुख्य जिल्लाहरू—पिलिभित, खिरी, बहराइच, बलरामपुर, श्रावस्ती, र महाराजगञ्ज—यस नेटवर्कको केन्द्रबिन्दु थिए। यी जिल्लाहरूबाटै नक्कली नोट भारतका विभिन्न भागमा पुर्याइन्थ्यो।
पाकिस्तानको आईएसआईले बहावलपुरमा नक्कली नोट छाप्ने ठूलो कारखाना स्थापना गरेको बताएका छन् । सिंहले नक्कली नोट छाप्नका लागि आवश्यक पर्ने मसी र कागज जर्मनीबाट आईएसआईका सहायक एजेन्सीहरूको मद्दतमा मगाइन्थ्यो भन्दै पिएका नोटहरू पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पिआईए) का जहाजमार्फत नेपाल पुर्याइन्थ्यो र त्यहाँबाट सीमा क्षेत्रमा वितरण गर्ने गरिएको आरोप लगाए ।
नक्कली नोटको सञ्जाल सरकारी बैंकभित्रसम्म फैलिएको डा. सिंहले बताएका छन् । उनका अनुसार स्टेट बैंक अफ इण्डिया (एसबिआई) का एक एकाउन्टेन्टको उदाहरण दिएका छन्, जसलाई मानिसहरू ‘महाराज जी’ भन्थे । उनी ७ वर्षसम्म एउटै ब्रान्चमा बसेर नक्कली नोटलाई असलीमा मिसाउने काम गर्थे।
बाहिरबाट साधारण र त्यागी देखिए पनि, सिबिआई्को अनुसन्धानमा उनको नाममा ३८ देखि ४० करोडको सम्पत्ति, लखनउमा तीनवटा आलिसान महल, र महँगा गाडीहरू फेला परेका थिए।
भारतमा नोटबन्दी भएपछि पाकिस्तानका दुई जनाले आत्महत्या समेत गरेको उनको दाबी छ । नक्कली नोटको कारोबारमा अतिग अहमदको हात भएको र उनले नै सहयोग गर्ने गरेका थिए ।
हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको १२.९३ प्रतिशत संस्थापक सेयर रहेको थियो । हबिब बैंकले हिमालयन बैंकमा भएको आफ्नो सेयर नेशनल लाइफ इन्स्योरेन्सलाई बिक्री गरेर बाहिरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्