हकप्रद सेयर जारी गर्दै हिमालयन पावर पार्टनर


काठमाडौँ । हिमालयन पावर पार्टनर लिमिटेडले वैशाख १७ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँ १ सेयर बराबर ०.५ नयाँ शेयर १ः०ः५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि गत चैत १० गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको हकप्रद खरिद गर्न सक्नेछन् ।

कम्पनीले उक्त हकप्रद सेयर जेठ ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीलाई क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।