सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरोधमा हर्क सम्पाङ


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राई सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णयको विरोध गरेका छन् ।

उनले सांसदहरूले स्वकीय सचिव राख्ने निर्णयभएको विपक्षमा रहेको साम्पाङको भनाई छ ।

“सांसदहरूले स्वकीय सचिव राख्ने निर्णयको विरुद्धमा छु म”, उनले फेसबुकमा लेखेका छन्,“३० हजारले नै मासिक तलब दिए पनि महिनाको ८२ लाख ५० हजार, वर्षको ९ करोड ९० लाख र पाँच वर्षको ४९ करोड ५० लाख रुपैयाँ लाग्छ ।”

खर्च कटौतीका लागि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउने स्वकीय सचिवको सुविधा कटौती गरे पनि अहिले सङ्घीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले स्वकीय सचिव राख्न पाउने व्यवस्थालाई अगाडि बढाउन खोजेको छ ।

सम्पाङले भनेका छन्,“जसले जसरी बुझ्दा नि हुन्छ तर, प्रतिपक्ष दलमा नेता मात्रै नभएर एउटा असल मार्गदर्शक हुँ म । सरकारले मेरो सुझाव गम्भीर भएर लिँदा सफलताको बाटो हुँदै अघि बढ्नेछ ! नलिँदा असफलता र अपमान मात्रै भोग्नुपर्नेछ ।”