काठमाडौँ । नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्कालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले नेता खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
खड्काले नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफुसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छ भनी विज्ञप्ति जारी गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको समितिले जनाएको छ ।
चैत्र १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले एक पटकका लागि सचेत गराउने निर्णय भएको तर सचेत गराउँदा गराउँदै पनि पुनः मिति २०८२/१२/३० गतेका दिन नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफुसँग नभएको जिम्मेवारी(कार्यवाहक सभापति) उल्लेख गर्दै विज्ञप्ति जारी गरेको समितिले उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्