काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष श्रेष्ठले आज बेलुकी ९ बजेपछि अर्थ मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् ।
अध्यक्ष श्रेष्ठले अर्थ मन्त्रालयमा राजीनामा बुझाएको अर्थमन्त्रीकाे सचिवालयले पुष्टि गरेको छ ।
श्रेष्ठ २०८१ मङ्सिर १० गते बोर्डको अध्यक्ष नियुक्त भएका थिए । उनले १७ महिना जिम्मेवारी सम्हालेर कार्यकाल बाँकी रहँदै पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष श्रेष्ठले स्वेच्छाले राजीनामा दिएको बताएका छन् । सरकारलाई सहयोग गर्न आफूले राजीखुशीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्