कालिञ्चोक हाइड्रोपावरको आइपिओ बाँडफाँड


काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आइपिओ) बाँडफाँड गरिएको छ ।

कुल १३ लाख ७५ हजार कित्ता आइपिओ जारी गर्ने अनुमति पाएको यस कम्पनीले सर्वसाधारणका लागि गत चैत २२ गतेदेखि २५ गतेसम्म ६ लाख ८४ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।

यस कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर यसअघिनै बाँडफाँड गरिसकेको थियो । बाँकी रहेको सेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि छुट्टाएपछि मात्र सर्वसाधारणको भागमा ६ लाख ८४ हजार कित्ता परेको हो ।

कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएकोमा २६ लाख ३५ हजार ६३४ जनाको मात्रै आवेदन रितपूर्वक स्वीकृत भएको र मागभन्दा धेरै गुणा बढी आवेदन परेपछि गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको हो ।

६८ हजार ४७५ जनाले १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । आवेदन दिएका मध्ये २५ लाख ६७ हजारभन्दा बढी आवेदकको हात खाली छ । बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको थियो ।