झिनो अंकले घट्यो नेप्से


काठमाडौंँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४.१७ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार नेशनल हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४१ करोड ३४ लाख ७८ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा पाल्पा सिमेन्ट इण्डष्ट्रिज, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी कम्पनीको सेयरमूल्य क्रमश १५ प्रतिशत, १४.९९ प्रतिशत र १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज होटल फरेष्ट इनका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १०.७५ प्रतिशतले घटेको छ ।

कुल ३४२ कम्पनीको एक करोड ७५ लाख ८८ हजार ८५४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।