१७ अंकले घट्यो नेप्से, कारोबार रकम खुम्चियो


काठमाडौंँ । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार नेप्से परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

विहीबार रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३० करोड ४२ लाख ५२ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा पाल्पा सिमेन्ट इण्डष्ट्रिज र शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी दुई कम्पनीको सेयरमूल्य क्रमश १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ११.७९ प्रतिशतले घटेको छ ।

कुल ३४८ कम्पनीको एक करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९ करोड ५९ लाख ५ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।