काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा पुगेका छन् । पूर्वराजा शाह आफ्नो व्यक्तिगत भ्रमणको सिलसिलामा शुक्रबार पोखरा पुगेका हुन् । उनलाई स्वागत गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
स्वागतका लागि उपस्थित भएका समर्थकहरूले राष्ट्रिय झण्डा प्रदर्शन गर्दै पूर्वराजाको पक्षमा जयजयकार समेत गरेका थिए ।
उनलाई पञ्चेबाजा र पुष्पगुच्छाले स्थानीयले भव्य स्वागत गरेका छन् । पूर्वराजा शाह पोखरा भ्रमणका क्रममा केही दिन यहाँका विभिन्न धार्मिक स्थलहरूको भ्रमण गर्ने र स्थानीय नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
उनको यस भ्रमणलाई विशुद्ध व्यक्तिगत भनिए पनि स्थानीय स्तरमा यसले निकै चर्चा पाएको छ । पोखराको पर्यटन र पछिल्लो राजनीतिक वातावरणका बिच पूर्वराजाको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । –न्युज एजेन्सी नेपाल





प्रतिक्रिया दिनुहोस्