नेपालमा संघीयता जरुरी हो कि होइन ? भनि प्रश्न गर्ने बेला आएको छः एमाले नेता पोखरेल


काठमाडाैँ । एमाले नेता एवं संविधान सभा सदस्य कृष्णभक्त पोखरेलले संघीयता जरुरी हो कि होइन ? भन्ने प्रश्न गरेका छन् । 
आइतबार नेपाल कानून समाजले संविधान संशोधन सम्बन्धमा आयोजना गरेको छलफल कार्यक्रममा उनले उक्त विषयमा पनि गम्भिरतापूर्वक छलफल गर्न आवश्यक रहेको जिकिर गरे ।

नेता पोखरेलले संघीयता जनताको सुखको साध्य नभएको पुष्टि भएको उल्लेख गर्दै यसबारे पनि विचार गरेर संविधान संशोधन गर्न उचित हुने धारणा राख्नुभयो । उहाँले प्रदेश सभा सदस्य संख्या घटाउनुपर्ने प्रस्ताव समेत गरे ।

संघको मन्त्रीपरिषद घटाएजस्तै प्रदेश पनि घटाउनुपर्ने उनको भनाइ थियो । नेता पोखरेलले न्यायाधीश नियुक्तीको विषयमा पनि गम्भिर छलफल गरेर अघि बढन आवश्यक रहेको बताए । 

उनले भने, “पहिलो कुरा संघीयता नै जरुरी हो कि होइन ? नेपाल जस्तो सानो देश संघीयता नै साध्य त होइन रहेछ । जनताको सुखको साध्य नै त संघीयता होइन । यो विषयमा पनि अव गम्भिरताका साथ छलफल गर्नं आवश्यक छ । प्रदेशको पनि सांसदको संख्या घटाउनु पर्छ । मन्त्रीपरिषद पनि घटाउनुपर्छ भन्ने कुरा आईसकेको छ । संवैधानिक बेञ्च अव जरुरी छैन भन्ने यो लामो अभ्यासबाट प्रमाणित जस्तो नै लाग्छ । अव त्यसको हक हामीले सोच्नु नै पर्छ । न्यायाधीश नियुक्तीको विषयमा आम मानिस सन्तुष्ट हुने अवस्था नै छैन । यसमा पनि विचार गर्नुपर्छ ।”

नेता पोखरेलले संवैधानिक बेञ्च आवश्यक नभएको पनि बताए ।