काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आइजिपी ) नारायणदत्त पौडेलले दज्र्यानी चिह्न लगाएका छन् ।
आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव राजकुमार श्रेष्ठले आइजिपी पौडेललाई दज्र्यानी चिह्न लगाइदिएका हुन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेल आइजिपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
१८ वैशाखबाट तत्कालीन आइजिपी राजु अर्याल अवकास भएपछि पौडेलले सशस्त्र प्रहरीको नेतृत्व सम्हालेका हुन् ।



प्रतिक्रिया दिनुहोस्