संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुन : सिफारिस गर्ने सरकारको निर्णय


काठमाडौँ । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनःसिफारिस गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सरकारले पुनः सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले जस्ताको तस्तै अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता स्मित पोखरेलले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म र बहुमतीय प्रणालीविपरीत भएको भन्दै हिजो अध्यादेश फिर्ता गरेका थिए । सरकारले आजै फेरि राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको हो ।

संवैधानिक परिषदमा सम्बन्धी अध्यादेशमा ६ सदस्यमध्ये ४ जनामात्र उपस्थित हुँदा पनि गणपूरक सङ्ख्या पुगेको मानिने र ३ जनाले बहुमतका आधारमा निर्णय गर्न सक्ने व्यवस्था छ ।