८ अंकले बढ्यो नेप्से, साढे ३ अर्ब रूपैयाँको कारोबार


काठमाडौंँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ८.७८ अंकले बढेर २७१२.८६ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार सोलु हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २३ करोड ५७ लाख १६ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा अप्पर लहरे खोला हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ११.१६ प्रतिशतले बढेको छ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९.३१ प्रतिशतले घटेको छ ।

कुल ३३५ कम्पनीको ७७ लाख ३४ हजार ०१२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।