सर्वोच्च अदालतको प्रधान न्यायाधीसमा डा. मनोजकुमार शर्मा सिफारिस


काठमाडौँ । सर्वोच्च अदालतको प्रधान न्यायाधीसमा डा. मनोजकुमार शर्मा सिफारिस भएका छन् ।

आज बसेको संवैधानिक परिषद्ले व्यापक वरियताक्रम मिच्दै डा.मनोजकुमार शर्मालाई प्रधानन्यायाधीसमा सिफारिस गरेको हो ।

न्याय परिषद्ले प्रधान न्यायाधीशका लागि सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण गत चैत १८ गतेदेखि अवकाशमा गएसँगै उक्त पदका लागि सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम न्याय परिषद्ले संवैधानिक परिषद्मा सिफारिस गरेको थियो ।