काठमाडौँ । काठमाडौंको माईतीघर मण्डला फेरि एकपटक नाराबाजी र आक्रोशले गुञ्जायमान भएको छ ।
काठमाडौं उपत्यकामा रहेका सुकुम्बासीहरूले आफ्नो हक र अधिकारको माग गर्दै विशेष ¥याली र प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले काठमाडौं महानगरपालिका र सरकारको डोजर आतंकको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले हातमा रित्ता थाल र चम्चा बोकेर आफूहरूलाई भोकमरी र उठिबासको डर रहेको संकेत गरेका छन् ।
सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर नागरिकलाई घरबारविहीन बनाउने कार्यको भत्र्सना गर्दै उनीहरूले अधिकारको रक्षाको माग गरेका छन् ।
उनीहरुले समाजवादको नारा डोजरको साहारा, विकासको नाममा विस्थापन बन्द गर, उनीहरुले हिसाव सिक्दैछु ताकि हरेक अन्यायको हिसाव राख्न सकुँ, सुकुम्बासीको रगतले रंगिएको हात कहाँ गएर धुन्छौ रु जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
सुकुम्बासी जनता सडकमा बालेन चाहीँ महलमा जस्ता नारा लगाएका छन् । विकासको नाममा सुकुम्बासीहरूलाई कुनै विकल्प नदिई बलपूर्वक हटाउनु मानवीय संवेदना विरुद्ध भएको उनीहरूको तर्क थियो ।














प्रतिक्रिया दिनुहोस्