काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित दुईजना केन्द्रीय कार्यकारिणी सदस्यलाई नेपाल कुचो सङ्घले सम्मान गरेको छ ।
वैशाख २२ गते भएको महासङ्घको निर्वाचनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार कार्की र दीपक नेपाललाई सङ्घले सम्मान गरेको हो ।
काठमाडौँमा सङ्घको कार्यालयमा नवनिर्वाचित केन्द्रीय कार्यकारिणी सदस्य कार्की र नेपाललाई बधाई तथा शुभकामना कार्यक्रम गरेर सम्मान गरिएको सङ्घका उपाध्यक्ष रबिन्द्र खड्काले जानकारी दिए ।
कार्की वस्तुगतबाट र नेपाल जिल्लानगरबाट निर्वाचित भएका हुुन् ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित केन्द्रीय सदस्य नेपालले आफू उद्योग वाणिज्य महासङ्घमा रहँदा निर्यातजन्य वस्तु अलैंची कुलो अदुवा लगायतका विषयमा मुद्दा उठाउने बताए ।
अलैंची व्यवसायी महासङ्घको अध्यक्षसमेत रहेका नेपालले भने,“ म आफू पनि अलैंची व्यवसायी महासङ्घको समेत अध्यक्ष भएकाले निर्यातजन्य वस्तु अलैंची, कुचो, अदुवा लगायतका विषयमा सधै आवाज उठाउने छु ।”
नवनिर्वाचित केन्द्रीय कार्यकारिणी सदस्य कार्कीले निर्वाचनको अभियानमा संलग्न सबैलाई धन्यवाद दिँदै आफ्नो टोली नेता(वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार) शिव घिमिरे झिनो मतले उपविजेता भए पनि धेरै सदस्यतलाई जिताउन सफल भएको उल्लेख गरे । उनले अबको कार्यकाललाई प्रभावकारी बनाउने बताए ।
कार्कीले भने,“ वर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ लाई सफल र प्रभावकारी बनाउन र महासङ्घको गरिमा अझ बढाउन म थप क्रियाशील हुनेछु ।”



प्रतिक्रिया दिनुहोस्