काठमाडौँ । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड र द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाडौँ) बिच ‘रोड टु आइपिओ’ सम्बन्धि सम्झौता भएको छ ।
संस्थागत परामर्श सेवा अन्तर्गत कम्पनीलाई सर्वसाधारणमा सार्वजनिक निष्काशनको कार्य गरी एक सूचिकृत कम्पनी बनाउनका लागि आवश्यक तयारी गर्ने उद्देश्यका साथ प्राईभेट कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने लगायतका समन्वयकारी÷सहयोगी भुमिका निर्वाह गर्नेसम्मको लागि संस्थागत परामर्श सेवा अन्तर्गत आइपिओको बाटो (रोड टु आइपिओ) सम्बन्धि सम्झौता सम्पन्न भएको हो ।
सो सम्झौतापत्रमा द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाण्डौ) को तर्फबाट अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
फ्रान्सको अन्तर्राष्ट्रिय चेन ब्राण्डका रूपमा रहेको रोयल टुलिप काठमाडौँको नामबाट संचालित द म्यासिफ होटल प्राइभेट लिमिटेड ललितपुर जिल्लाको ग्वार्कोमा रहेको छ । यस होटलमा ३०८ कोठाहरु र सुइट रुमहरू रहेका छन् ।
यस होटललाई नेपालकै सबैभन्दा बढी रुम भएको र सानो ठुलो गरी १० वटा बैठक हलहरु भएको होटलको रूपमा पनि मान्न सकिन्छ । आधुनिक वास्तुकलाले युक्त यो पाँच तारे होटल हो । उच्चस्तरीय सुविधा सम्पन्न ३०८ वटा कोठाहरु र सुइटहरु यसमा रहेका छन् जुन अत्याधुनिक सुबिधा प्रदान गर्न आधुनिक सुबिधाहरुले सुसज्जित र भरिपुर्ण रहेका छन् ।
आइपिओको बाटो सम्बन्धि सम्झौतामा नबिल इन्भेष्टमेन्टले द म्यासिफ होटल प्राइभेट लिमिटेडलाई (रोयल टुलिप काठमाडौँ सर्वसाधारणमा सार्वजनिक निष्काशनका लागि आवश्यक पूर्वतयारीमा सहयोग गर्ने जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सार्वजनिक निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्