स्नो रिभर्सको आइपिओ बिक्री खुला


काठमाडौँ । स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ लाख ७८ हजार १२५ कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले कुल ७ करोड ७८ लाख १२ हजार ५ सय रूपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

यस आइपिओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।