४० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । बुधबार नेपाल राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैकले बोलकबोलको माध्यमबाट ४२ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो ।

यसको साँवा ब्याज राष्ट्र बैंकले २०८३ असार १० गते भुक्तानी गर्ने जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।