वन्यजन्तुको आक्रमणमा परेकाले मुलुकमा सरकार नै नभएको जस्तो अनुभुति गरिरहेका छन्ः इन्दिरा रानामगर


काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले झापालगायतका तराईका विभिन्न जिल्लामा हात्ति आतंक बढदै गएको उल्लेख गर्दै नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधि सभाकाे आजकाे बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद रानामगरले जंगलमा छेउका मानिसहरुका लागि सरकार नै नभएका अनुभुति भईरहेको समेत बताइन ।

सांसद रानाले वनपालेको समेत अभाव हुँदा जंगलकाे छेउमा बस्ने नागरिकहरु जंगली जनावरको आक्रमण गर्ने गरेकाले त्यस्ता अवस्था नआउने गरी सरकारले उचित व्यवस्था गर्नुपर्नेमा जाेड दिइन्बर ।

उनले भनिन, “झापा मात्रै होइन, तराइका विभिन्न भेगहरुमा हात्ती आक्रमणका कारण मानिसहरु आतंकित भईराखेका छन । यसलाई तत्कालीन सरकारले मानव र वन्यजन्तुको सहअस्तित्वको व्यवस्था गर्न म ध्यानाकर्षण गराउन चाहन्छु ।”

उनले हालै झापा अर्जुनधाराका दिनेश पराजुली जंगली हात्तिको आक्रमणमा परी गम्भिर घाइते भएको जानकारी गराउँदै उपचारको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइन् ।