काठमाडौँ । नयाँ नेतृत्वका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)को निर्वाचनका लागि वर्तमान उपाध्यक्ष उत्तम भ्लोन लामा समूहको प्यानल घोषणा भएको छ ।
काठमाडौँमा कार्यक्रम गरेर भ्लोन समूहले प्यानल घोषणा गरेको हो ।
भ्लोन वरिष्ठ उपाध्यक्षकाे उम्मेदवार हुन् भने उनकाे समूहको उपाध्यक्षको उम्मेदवारमा उत्तरकुमार श्रेष्ठ, हिमप्रसाद पाठक,सुसन कर्माचार्य र बिक्रम विष्ट छन् ।
पाठक र विष्ट वर्तमान कार्यसमितिमा सचिव छन् ।
यस्तै महासचिवमा टिएन आचार्य र उपमहासचिवको उम्मेदवारमा कविता कँडेल छन् । कँडेल वर्तमान कार्यसमितिमा सचिव हुन् ।
वर्तमान कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्तले दोहोराएर उम्मेदवारी घोषणा गरेका छन् भने सचिवमा विजयमोहन भट्टराई, कुवेरमणि नेपाल, समुन जोशी, शंकर बस्याल, अविज्ञा मल्ल रहेका छन् ।
सदस्यमा अनुप आचार्य,जगतबहादुर पोखरेल,कदम केसी वर्णद लामिछाने,इशा श्रेष्ठ र प्रतिमा ज्ञवालीले उम्मेदवारी घोषणा गरेका छन् ।
भ्लोन समूहले ‘इप्पान भिजन-२०२९’ को समेत घोषणा गरेको छ ।
इप्पानमा वर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वत : अध्यक्ष बन्नेछन् । वरिष्ठ उपाध्यक्षसहितका पदमा निर्वाचन हुनेछ ।
इप्पानको विधानअनुसार यसपटक वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने अर्को कार्यकालका लागि स्वत : अध्यक्ष बन्ने प्रावधान छ ।
त्यसपछि भने अध्यक्षमा पनि निर्वाचन हुनेछ । अघिल्लो कार्यकालमा सर्वसम्मति नेतृत्व चयन भए पनि यसपटक निर्वाचन हुने देखिएको छ । अर्को समूहले पनि प्यान घोषणाको तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्