काठमाडौँ । श्रम संस्कृति पार्टीले औपचारिक रूपमै प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा मागरेको छ ।
संसदीय परम्परामा १०० दिन सरकारलाई हेर्ने परम्परा भए पनि श्रम संस्कृति पार्टीले अहिले नै राजीनामा मागेको हो ।
पार्टी अध्यक्ष हर्क साम्पाङले विज्ञप्ति जारी गर्दै आफ्नो कर्तव्य पूरा नगरेकाले नैतिकताको आधारमा प्रधानमन्त्री बालेनले राजीनामा दिनुपर्ने उनको तर्क छ ।
आज विहान अध्यक्ष साम्पाङले जारी गरेको विज्ञप्तिमा वालेनले पदबाट राजीनामा दिनुपर्ने भन्दै चारवटा कारण उल्लेख गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो नीति कार्यक्रम पढ्न लगाएर आफू संसद्बाट बाहिरिएको, नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको, प्रतिपक्षी दलले संसद्मा उपस्थितिको माग गर्दा पनि अनुपस्थित भएको, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जबाफ नदिएको, संसद्बाट अहिलेसम्म जनतालाई सम्बोधन नगरेको, लोकतन्त्रप्रतिको विश्वासलाई लत्याएको, संसद्लाई छलेर अध्यादेशको बाटो समाएको भन्दै साम्पाङ्ले पदबाट राजीनामा मागेका हुन् ।
“जनताको सार्वभौम सदनलाई अपमान गरेर त्यही संसद्बाट चुनिएको प्रधानमन्त्रीले कुन नैतिकताका आधारमा आफूलाई प्रधानमन्त्री ठानिरहेको छ ? आफ्नो धरातल बिर्सेर जनताका प्रश्नहरूको उत्तर दिन नसक्ने लुकेर बस्ने के प्रवृत्ति हो ?”



प्रतिक्रिया दिनुहोस्