काठमाडौँ । शुक्रबार नेपाल राष्ट्र बैंकले आज ४५ अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता रहेपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ४२ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो ।
यसको साँवा ब्याज राष्ट्र बैंकले २०८३ असार १२ गते भुक्तानी गर्ने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।



प्रतिक्रिया दिनुहोस्