काठमाडौँ । बागमती प्रदेशका १३ ओटा जिल्लामा एक खर्ब २२ अर्ब ८५ करोड ५० लाख रूपैयाँ कृषि कर्जा प्रवाह भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बागमती प्रदेशको २०८२ ८३ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार यो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट यस प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा २.३ प्रतिशतले वृद्धि भएको जनाएको छ ।
गत वर्षको सोही अवधिमा यस्तो कर्जामा ३.४ प्रतिशतले वृद्धि भएको थियो । यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश ३.५३ प्रतिशत रहेको छ ।
कृषि क्षेत्रमा प्रवाहित कर्जामा काठमाडौं जिल्लाको अंश सबैभन्दा धेरै ५४.५ प्रतिशत तथा दोलखा जिल्लाको ंश सबैभन्दा कम ०.४ प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालयहरुको कर्जा प्रवाह गर्ने सीमा तोकिए बमोजिम हुने भएको र सोभन्दा बढी रकमको कर्जा केन्द्रीकृत रुपमा काठमाडौं अवस्थित सोही संस्थाका केन्द्रीय कार्यालयबाट प्रवाह हुँदा काठमाडौं जिल्लाको अंश अधिक रहेको देखिएको छ ।




प्रतिक्रिया दिनुहोस्