काठमाडौँ । विवादकैबिच डा. मनोज शर्माको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ। मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुनुवाइ प्रक्रिया सम्पन्न गर्दै शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि अनुमोदन गरेको हो।
अब संसद् सचिवालयले अनुमोदनबारे राष्ट्रपति कार्यालयलाई जानकारी गराउनेछ र त्यसपछि उनको औपचारिक नियुक्ति प्रक्रिया अघि बढ्नेछ।
यसअघि संवैधानिक परिषद्ले न्याय परिषद्ले पठाएका ६ जनाको सूचीमध्ये सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश शर्माको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो। परिषद्को उक्त निर्णयले न्यायालयमा कायम वरिष्ठताको परम्परा तोडिएको भन्दै विवाद उत्पन्न भएको छ।
नेपाल बार एसोसिएसनसहित विभिन्न कानुन व्यवसायी र न्याय क्षेत्रका सरोकारवालाले वरिष्ठताको अभ्यास मिचिएको भन्दै प्रश्न उठाएका छन्।



प्रतिक्रिया दिनुहोस्