महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया सुरु, मनाेनय शुल्क ५ लाख र ३ लाख रूपैयाँ


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया सुरु भएको छ ।

महासङ्घको निर्वाचन समितिले दुई पदाधिकारी चयन प्रक्रियाका लागि सूचना जारी गरेको छ ।

महासङ्घको निर्वाचन समितिले २०८३ जेठ ८ गते शुक्रबार विहान ९ बजे महासङ्घको सचिवालयमा बस्ने कार्यकारिणी समिति बैठकबाट वरिष्ठ उपाध्यक्ष कोषाध्यक्ष चयन हुने जानकारी दिएको छ ।

वरिष्ठ उपाध्यक्षको मनोनयका लागि ५ लाख र कोषाध्यक्षका लागि ३ लाख रुपैयाँ शुल्क तोकिएको छ । वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष सूचना जारी गर्दै उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरेको हो ।

वैशाख २१ र २२ गते भएको ६० औं साधारण सभाबाट महासङ्घमा नयाँ नेतृत्व आएको थियो ।

महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष नयाँ केन्द्रीय कार्यकारिणी समितिबाट चयन हुने व्यवस्था छ ।

प्रक्रिया मिचेको भन्दै एउटा पक्षले उच्च अदालत पाटनमा रिट परेको छ।