काठमाडौंँ । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक ३०.०८ अंकले बढेर २७५४.४८ अंकमा पुगेको छ ।
बुधबार कर्पोरेट डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १८ करोड ३५ लाख रूपैयाँ बढीको कारोबार भएको छ ।
आज अप्पर लोहोेरे खोला हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेको छ ।
यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १३.२६ प्रतिशतले घटेको छ ।
कुल ३४६ कम्पनीको एक करोड ६ लाख बराबर कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्