प्रधानमन्त्री असक्षम सावित भए, मार्गप्रशस्त गर्दा राम्रो हुन्छः हर्कराज राई


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा मागेका छन् । । बिहीबार प्रतिनिधि सभा बैठकको शुरुमै बोल्दै उनले प्रधानमन्त्री साह संसदप्रति जवाफदेही नभएको भन्दै मार्ग प्रसस्त गर्दा राम्रो हुने धारणा राखेका हुन् ।

संसदीय निमयावलीअनुसार सांसदहरुले राखेका प्रश्नको जवाफ दिन नसक्ने प्रधानमन्त्रीले राजीनामा दिँदा उपयुक्त हुने अध्यक्ष राईले रक्षा र गृह मन्त्रालय, सीमा सुरक्षा लगायतका विषयमा आफू र सांसदहरुले राखेका प्रश्नको जवाफ नदिएर प्रधानमन्त्री साहले संसदको गरिमामाथिनै धावा बोलिरहेको भन्दै आपत्ति जनाए ।

उनले भने उपनियममा नेपाल सरकारको सम्बन्धित मन्त्रीले उत्तर दिनुपर्छ भन्ने व्यवस्था छ । त्यसो भएको कारणले म प्रश्न गर्न चाहन्छु हाम्रो प्रधानमन्त्रीज्यूलाई । । उहाँले यो पार्लियामेन्टको मेम्बर हो कि होइन ? यो देशमा पार्लियामेन्ट छ कि छैन ? हामी सबैले यो लोकतन्त्र, यो संसदको गरिमालाई हामीले जोगाई राख्नु पर्छ कि पर्दैन रु कर्तव्य पूरा गर्नु पर्छ कि पर्दैन ? म यो प्रश्न गर्न चाहन्छु । यदि उहाँ आफनो कर्तव्य पूरा गर्न सक्नु हुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरी राम्रो ।

नियमावलीको नियमको १५ (२) अनुसार नेपाल सरकारको नेतृत्व प्रधानमन्त्रीज्यू सदनमा आएर माननीयहरुले उठाउनु भएका, सांसदज्युहरुले उठाउनुभएका प्रश्नको उत्तर दिनुपर्ने हो कि होइन भन्दै आफुले प्रश्न राखेको १० दिन सम्म पनि जवाफ नदिएको बताए ?

प्रधानमन्त्री नेपाली जनता, लोकतन्त्रद्वारा स्थापित नेपाली जनताको मतद्धारा स्थापित संसदप्रति जवाफदेही नभएको भन्दै अध्यक्ष राईले संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन ? भनि पटक पटक प्रश्न समेत गरे ।