काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा अध्यक्ष श्रेष्ठको समूहबाट वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको उम्मेदवार टुङ्गिएको छ ।
अञ्जन समूहबाट वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान उम्मेदवार भएका छन् ।
विभिन्न आकाङ्क्षीबिच अध्यक्ष श्रेष्ठले सुरकृष्ण र मनिषलाललाई उम्मेदवार छनौट गरेका हुन् ।
दुई पदाधिकारी चयनका लागि भोली ८ गतेका लागि समय तोकिएको छ । निवर्तमान अध्यक्ष चन्द्र ढकाल समूहले भने यसअघि नै हेमराज ढकाललाई वरिष्ठ उपाध्यक्षमा प्रस्ताव गरिसकेको थियो । कोषाध्यक्षको नाम भने ढकाल समूहले सार्वजनिक गरेको छैन ।
अञ्जन समूहबाट प्रवलजंग पाण्डेले नयाँ समूह तयार गर्दै अम्बिका प्रसाद पौडेललाई अगाडि सार्ने तयारी गरेपछि डकाल समूहले कोषाध्यक्षको उम्मेदवार अझै सार्वजनिक गरेको छैन ।
यसअघि भक्त हमाललाई कोषाध्यक्षको उम्मेदावर बनाउने तयारी गरेको छ । अञ्जन समूह फुटेको अवस्थामा ढकाल समूहले कोषाध्यक्षमा पौडेललाई समर्थन गर्ने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्