१०० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । शुक्रबार नेपाल राष्ट्र बैंकले एक सय अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ६१ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो ।

यसको साँवा ब्याज राष्ट्र बैंकले २०८३ साउन ६ गते भुक्तानी गर्ने जनाएको छ ।

नक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।