आगामी हप्ता लगातार ४ दिन सार्वजनिक विदा


काठमाडौँ । आगामी हप्ता लगातार ४ दिन सार्वजनिक विदा परेको छ । यही जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेको हो ।

गृह मन्त्रालयले आज विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद ( ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

गृह प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा इश्लाम धर्मालम्बीहरूको बकर ईद ( ईद–उल–अज्हा)को दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र १४ गते सो चाड रहेकोले बिदा दिने निर्णय भएको उल्लेख छ ।

जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिने यसअघि नै राजपत्रमा प्रकाशित छ । १६ गते शनिबार र १७ गते आइतबार परेको छ । शनिबार र आइतबार नियमित सार्वजनिक बिदा हुन्छ ।