काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गणेश कुमार केसी नियुक्त भएका छन्।
यसअघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) रहेका केसीलाई आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो। केसीले सोमबार (आज) देखि लागू हुने गरी बैंकको नेतृत्व सम्हालेका छन्।
केसीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी २० वर्षभन्दा बढीको लामो कार्यअनुभव छ। यसअघि उनले मालिका विकास बैंकको सिइओ तथा कुमारी बैंकको आन्तरिक लेखा परीक्षण विभाग प्रमुखका रूपमा काम गरिसकेका छन्।



प्रतिक्रिया दिनुहोस्