काठमाडौँ । स्नो रिभर्स लिमिटेडको साधारण सेयर (आइपिओ) बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओ मंगलबार बाँडफाँट भएको हो ।
सर्वसाधारणले कुल २६ लाख १ हजार ८४८ जना आवेदकहरूले २ करोड ७९ लाख ५९ हजार ८६० कित्ताका लागि आवेदन दिएका थिए । मागभन्दा ३५.२९ गुणा बढी आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँट गरिएको हो ।
जसमा ७७ हजार ८१२ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । ५ जनाले भने ११ कित्ता सेयर प्राप्त गरेका छन् ।
कम्पनीले २०८३ वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्