५ अंकले बढ्यो नेप्से, ६ अर्ब रूपैयाँ माथिको कारोबार


काठमाडौंँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक ४.९९ अंकले बढेर २७८२.१० अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ९ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ४ ओटाको सेयरमूल्य घटेको छ ।

बुधबार आखुँखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७१ करोड २२ लाख ३३ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आज कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १४.९८ प्रतिशतले बढेको छ ।

कुल ३५४ कम्पनीको एक करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३ करोड ६४ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।