काठमाडाैँ । सरकारले उधारो असुली सम्बन्धी कानूनी व्यवस्था गर्ने भएकाे छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ काे बजेट प्रस्तुत गर्दै यस्ताे बताएका हुन् ।
उनले बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानून छिटै निर्माण गर्ने बताए । विगतको समग्र आर्थिक गतिविधिलाई विश्लेषण गरी व्यक्ति तथा व्यवसायीको साख मूल्याङ्कनका आधारमा कर्जा दिन सक्ने व्यवस्था गर्ने उनकाे भनाइ छ ।
व्यापारिक विवादको शीघ्र समाधानका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्ने र मेलमिलाप ऐनमा सुधार गर्ने उल्लेख गरिएकाे छ ।



प्रतिक्रिया दिनुहोस्